|

जनकपुरधाम : प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सरकार बनाउन आह्वान गरेका छन्। उनले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण मुख्यमन्त्री नियुक्तिका लागि बहुमत प्राप्त गरी आउन आह्वान गरेका हुन्।

नेपालको संविधान, २०७२ को धारा १९ को उपधारा (१) बमोजिम प्रदेश २ को सरकार गठनका लागि कुनै दलले बहुमत प्राप्त नगरेका कारण सोही उपधाराको (२) बमोजिम फागुन ३ गतेभित्र अन्य दलहरूको समर्थन प्राप्त गरी बहुमतसहित आउन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव लावण्यकुमार ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रदेशसभामा संघीय समाजवादी फोरम २९, राष्ट्रिय जनता पार्टी नेपाल २५, नेकपा एमाले २१, नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र ११, नेपाल संघीय समाजवादी फोरम १ र स्वतन्त्र १ प्रदेशसभा सदस्य रहेका छन्। 

सरकार गठनका लागि १०७ मध्ये ५४ सिट आवश्यक रहेकामा फोरम र राजपाका ५४ जना प्रदेशसभा सदस्य रहेका छन््। गठबन्धन बनाई चुनाव लडेका दुवै दलले सरकार गठनका लागि यसअघि नै सहमति गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.