|

काठमाडौं : झण्डै तीन वर्षअधिघ गएको शक्तिशाली भूकम्पमा काठमाडौं महानगपालिका क्षेत्रका करिa डेढ सय सम्पदा ध्वस्त भएका थिए। तीमध्ये अहिलेसम्म पाँच वटाको मात्र पुनर्निर्माण भएको छ।

महानगरपालिकाको स्वामित्व रहेको ती सम्पदा पुनर्निर्माण कछुवा गतिमा अघि बढिरहेको छ। किन यस्तो? भन्ने प्रश्नमा काठमाडौं महानगरपालिका सम्पदा विभागकी प्रमुख अर्चना श्रेष्ठ भन्छिन्, ‘काम भइरहेको छ, केही आन्तरिक कारणले ढिलो भको हो। ’ उनी चाँडै सम्पदा पुनर्निर्माणको काम अघि बढ्ने दाबी गर्छिन्। 

तीन वर्षमा तस्वाः देग, गाहिटी ढुंगेधारा, अशोक चैत्य, सन्चु खलः र टेबहालको ध्यो छेः मात्रै पुननिर्निर्माण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.