|

काठमाडौं : शिवरात्रिको दिन आज बिहानदेखि नै पशुपति मन्दिरमा भक्तजनहरुको भिड लागेको छ। बिहानपख पानी परेको थियो, तर पनि दर्शनार्थीहरु लाइन लागिसकेेका थिए। 

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि , मोहरात्रि , सुखरात्रि  र शिवरात्रि  नामक चार प्रमुख रात्रिमध्येको एक पवित्र पर्वका रूपमा शिव पुराणमा उल्लेख छ। व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।
पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ। पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

बिहान पानि परे पनि शिवरात्रिका बाबाहरु तयार भएर बसिरहेका थिए भने शिवको प्रसाद  भन्दै गाँजा खाने मान्छेहरु बिहानै पशुपतिमा भेला भइसकेका थिए।

विगतमा भन्दा यो वर्ष बाबाहरुलाई गाँजा बेचबिखन गर्न र सर्वसाधारणलाई गाँजा खानको लागि कडाइ गरिएको छ वेला वेलामा प्रहरीको गस्ती भइ नै रहेको थियो 

तर बाबाहरु र गाँजा खाने युवाहरु मौका छोपेर गाँजा तानिरहेका देखिन्थे।

फोटोमा  शिवरात्रिको पाशुपत क्षेत्रमा देखिएका केही दृश्‍य:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.