|
फाइल तस्बिर

डडेल्धुरा : आलिताल गाउँपालिका–२ काफलीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार राति करिव ९ बजे आगजनी गरिएको प्रहरीले बताएको छ।

आगजनीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

टावरमा कार्मचारी नभएको बेला आगजनी गरिएको थियो। टावर हेर्ने कर्मचारी बेलुकी पाँच बजे नै घर गएका बताइएको छ। प्रहरीका अनुसार टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन। टावरमा आगजनीपछि यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.