|

काठमाडौं : भक्तपुर सूर्यविनायक ७ गुण्डुबाट सोमबार हराएका ६ वर्षीय बालक शिरिष तामाङको शव मंगलबार भेटिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र स्थानीयबासीले उनको शव कटुन्जेनजिकै बालकुमारी सामुदायिक वनमा फेलापारेको हो।

बालकको टाउको चुढिएको र आधा शरीर नभएको अवस्थामा फेलापारेको हो। तामाङको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हुन सक्ने भक्तपुर प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान भइरहेको भक्तसुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.