|

चितवन : रत्ननगरस्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी सोमबार राति कुकर बम बिस्फोट भएको छ।

चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार राति अज्ञात समूहले टावरमा प्रेसर कुकर बम बिस्फोट गर्दा सामान्य क्षति पुगेको छ।

बिस्फोटबाट तल्लो सतहमा रहेको केही उपकरणमा सामान्य क्षति भएको छ। बिस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्यूनिष्ट पार्टीले आक्रमण गरेको हुन सक्ने प्रहरी नायव उपरीक्षक शर्माले बताए।

विप्लब समूहका पार्टीले एनसेलको टावरलाई लक्षित गरी आक्रमण गर्ने यसअघि नै पर्चा मार्फत सार्वजनिक गरेका थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.