|

काठमाडौं : गौरव पहारी र अनु शाहको मुख्य भूमिका रहेको फिल्म 'पसिना'को गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रम गरी निर्माण युनिटले गीत सार्वजनिक गरेको हो। सार्वजनिक 'हावा चल्यो सिरिरि' बोलको गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ।

नारद रिजालले शब्द दिएको गीतमा संगीतकार सिवाकोटीकै स्वर सुन्न सकिन्छ। शिवरात्रीको अवसर पारेर रिलिज गरिएको उक्त गीतको भिडियोमा गौरव शिव र अनु पार्वतीको भेषमा देखिएका छन्। भिडियोलाई शिव बिकले कोरियोग्राफी गरेका छन्।

बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म पसिनाले श्रमिकहरुको कथालाई बोल्नेछ। 'नन स्टप क्रियशन'को ब्यानरमा निर्माण भएको फिल्ममा शान्ता ढकाल र इन्जिनियर सञ्जय महतोको लगानी रहेको छ।  

फिल्ममा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका छ। राम केसीले खिचेको फिल्मलाई नविन निरौलाले सम्पादन गरेका हुन्। राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको फिल्ममा देब महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.