|

दक्षिण अफ्रिका र भारतबीच जारी ६ खेलको एकदिवसीय खेलमा भारतले एक खेलअगावै सिरिज कब्जा गरेको छ। मंगलबार भएको पाँचौ खेलमा ७३ रनको जित हात पार्दै भारतले सिरिजमा ४-१ को अग्रता कायम गर्दै सिरिज जितेको हो।

टस हारेर पहिलो पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका २ सय १ रनमा अलआउट हुन पुग्यो। भारतलाई शानदार स्कोरमा पुर्‍याउने क्रममा ओपनर रोहित शर्माले शतकीय पारी खेले। १ सय १५ रन प्रहार गरेका रोहितले ११ चौका र ४ छक्का हिर्काएका थिए। उनी खेलमा म्यान अफ दी म्याच घोषित भए। त्यस्तै कप्तान कोहलीले ३६ रन बनाउँदा शिखर धवनले ३४ रनको योगदान दिए। त्यस्तै श्रेयस अयरले ३० रनको योगदान दिएका थिए।

२ सय ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको दक्षिण अफ्रिकाका लागि भने हासिम अम्लाको ७१ रन सर्वाधिक रह्यो। उसको पछिल्लो र मध्यक्रम सम्हालिन नसक्दा ४२ ओभर २ बलमानै अलआउट हुन पुगेको थियो। भारतका कुलदीप यादवले ४ विकेट लिएका थिए। जितपछि भारत एकदिवसीय विश्व बरियतामा एक नम्बरमा उक्लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.