|

चितवन : सधैँ पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीहरुको दैनिकी बुधबार भने छुट्टै बन्यो।

लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरु आज मिठा मिठा परिकारमा रमाए। हात्तीहरुका लागि मनपर्ने खाना सखर, उखु, बन्दा केरा, धान, कुचि लगायतका खानेकुरा हात्तीहरुले रमाई रमाई खाए । वनभोजमा ६० वटा हात्ती सहभागी थिए।

सौराहामा जारी खाना महोत्सवका अबसरमा संरक्षणको चेतना दिन यसरी हात्तीको जमघट भएको हो। बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको पहलमा खाना महोत्सवका अवसरमा पहिलोपटक हात्तीको वनभोज (हात्ती पिकनिक) कार्यक्रम गरिएको हो।

‘हात्तीहरु हाम्रो साथी हो, हात्तीलाई मायाँ गर्नुपर्छ, स्वास्थ्यको ख्याल गर्नुपर्छ र संरक्षणमा योगदान गर्नुपर्छ भन्ने सन्देश दिन हात्ती वनभोज गरिएको हो,’रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले भने। लस्करै आर्क आकारमा राखिएका हात्तीहरुलाई एकैठाउँमा ६० वटा हात्ती देख्दा पर्यटकहरुसमेत रमाए। स्वदेशी तथा विदेशी पर्यटक सेल्फीमा मस्त भए।

तस्बिरमा हात्तीको पिकनिक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.