|

काठमाडौं : 'भ्यालेन्टाइन डे'को अवसर पारेर गायक सुजन तिगेला लिम्बूको नयाँ गीत ‘कसम मनपर्‍यो’ सार्वजनिक भएको छ। मायालु जोडीका लागि खास मानिने यस दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने यो गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द, संगीत र स्वर सुजनकै रहेको छ।

शान थापाले निर्देशन गरेको भिडियोमा गायक सुजन आफैँ फिचरिङ छन्। सुजनसँगै भिडियोमा एलिसा राईलाई पनि देख्न सकिन्छ। विगत १५ वर्षदेखि गायनमा सक्रिय लिम्बू केही समय अगाडि फिल्म ‘बीच बाटो’मा समावेश गीत ‘पप्पी देऊ न’मार्फत चर्चामा आएका थिए।

‘गीतले प्रेमिल भाव व्यक्त गर्छ, यसैले पनि प्रणय दिवसको छेकोमा रिलिज गरेका छौँ’, सुजन भन्छन्, ‘गीतमा मैले लिम्बू स‌ंस्कृति पनि समेटेको छु, त्यसैले पनि भिडियोमा आफैँ देखिएको हुँ।'

राजीव समरको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी एण्ड टिमले छायांकन गरेका हुन्। भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.