|

काठमाडौं : प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद एवं पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालविरुद्धको सरकारी कागजात किर्ते मुद्दा दर्ता भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको हो। परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सिलवालविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिए। उनले भने, 'अनुसन्धान पहिले नै भइसकेको थियो र दर्ता गर्न मात्र बाँकी थियो। आज त्यो दर्ता गरेका हौं।'

प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकन किर्ते भएको र अदालतलाई समेत गुमराहमा राखेको भन्दै सर्वोच्च अदालतले उक्त मुद्दामा छानविन गर्न प्रहरीलाई आदेश दिएको थियो। सिलवालले बुझाएको कार्य सम्पादन मूल्यांकन सरकारसँग भएको कार्यसम्पादन मूल्यांकनसँग मेल नखाएको र प्रहरीको प्रयोगशालामा गरिएको परिक्षणमा उनले सच्याएको प्रमाणित भएको थियो। सोही आधारमा सर्वोच्च अदालतले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आदेश दिएको थियो।

प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल बढुवा भएपछि सिलवालले राजीनामा दिएका थिए। त्यसपछि नेकपा एमाले प्रवेश गरेका उनी ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

सर्वोच्चले किर्ते मुद्दामा कारबाही गर्न आदेश दिएपछि भने सिलवाल फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.