|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य बैठक बसेको छ। बुधबार बसेको बैठकले एमालेसँग एकताका लागि बुधबार बस्ने एकता संयोजन समितिको बैठकका लागि धारणा तय गरेको प्रवत्ता पम्फा भुसालले जानकारी दिइन्। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा एकता संयोजन समितिको बैठकका लागि नेताहरुले सुझाव दिएको उनले बताइन्। उनले भनिन्,‘एकता संयोजन समितिका नेताहरुले केन्द्रीय कार्यालय सदस्यसँग छलफल गर्नुभयो। उहाँहरुले एकताका लागि सुझाव लिनुभयो।’

बैठकमा चाँडो पार्टी एकतालाई टुंगोमा पुर्‍याउन कार्यालय सदस्यहरुले आग्रह गरेको भुसालले बताइन्। उनले भनिन्,‘जनताले अनुमोदन गरेको पार्टी एकतालाई तत्काल टुंगोमा पुर्याउन कार्यालय सदस्यहरुले सुझाव दिए।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.