|

काठमाडौं : फिल्म 'कोहलपुर एक्सप्रेस'को दोश्रो गीत रिलिज भएको छ। बुधबार भ्यालेन्टाइन डेको अवसरपारी फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। सार्वजनिक 'अव मनसँग' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। अर्जुनकै शब्द रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मको मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपाने फिचरिङ छन्। भिडियोमा यो जोडीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा केकी र विनोदसँगै ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रवीन्द्र झा, सुजन कार्की, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

फिल्ममा अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीका र कालीप्रसाद बाँस्कोटाको संगीत छ। विशाल भण्डारीको निर्देशनमा तयार भएको यस फिल्ममा केकी, भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाईंको संयुक्त लगानी रहेको छ।

हेर्नुहोस् भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.