|

गोरखा : माओवादी केन्द्रले यसअघि निर्वाचन आयोगमा बुझाएको आफ्ना समानुपातिक सांसदहरूको सूचीबाट हितराज पाण्डेको नाम हटाएको छ। उनको सट्टामा चूडामणि खड्कालाई समानुपातिकमा पठाइने निर्णय भएको माओवादीले केन्द्रकी प्रवक्त पम्फा भुसालले जानकारी दिइन्।

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट निर्वाचित हुने सांसदको नामावली सच्याउने क्रममा पाण्डेलाई हटाएको हो। माओवादीले पाण्डेलाई खस आर्य तथा पुरुषतर्फ पहिलो नम्बरमा राखेको थियो। पाण्डे र खड्का दुवै गोरखाको पालुंटार नगरपालिकाका हुन्। पाण्डे यसअघि स्थानीय विकासमन्त्री भइसकेका छन् भने खड्का प्रचण्डको स्वकीय सचिव भएका थिए। अहिले खड्का पार्टीका गोरखा जिल्ला इन्चार्ज हुन्।  

माओवादीले बुधबार नै पाण्डेको नाम हटाएर खड्काको नाम आयोगलाई बुझाएको हो। निर्वाचन आयोगले अपांग क्षेत्रबाट कोही नपरेको भन्दै सच्याउन आग्रह गरेपछि खड्का परेका हुन्। ‘आयोगले अपांगबाट कोही प्रतिनिधि चाहिन्छ भनेपछि पार्टीले मेरो नाम पठाएको जानकारी आएको छ’, खड्काले भने। खड्का अपांग हुन्। खड्काको जनयुद्धमा गोली लागेर खुट्टाको समस्यामा छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.