|

सुर्खेत : आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव तोकिएको केशवराज आचार्य सुर्खेत आएको साता बिते पनि मन्त्रालय स्थापना भएको छैन। मन्त्रालयका लािग जिल्ला कृषि कार्यालयको भवन खाली गरेर सिँगारिसकिएको छ। तर, सचिव आचार्यले ‘भवन उपयुक्त नभएको’ भन्दै स्थापना गरेका छैनन्। 

‘उहाँलाई राम्रो भवन चाहियो रे। हामीले अहिल्यै खोजेजस्तो भवन कहाँ व्यवस्थापन गर्न सक्छौं?’ मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘त्यही भएर मन्त्रालय स्थापनामा ढिलाइ भइरहेको छ।’

सचवि आचार्यले निर्माणको अन्तिम चरणमा रहेका जिल्ला यातायात कार्यालयको भवन माग गरेका छन्। तर, मुख्यमन्त्री कार्यालय पहिले सिफारिस गरिएअनुसारका भवनमै  मन्त्रालय स्थापना गर्न निर्देशन दिएको छ। केही गरी अप्ठ्यारो परे दुईवटा वैकल्पिक भवन राखिएका ती कर्मचारीले बताए।
 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.