|
प्रतीकात्मक तस्बिर

रसुवा : माध्यमिक शिक्षा परीक्षा नजिकिन थालेपछि जिल्लाको माथिल्लो क्षेत्रमा सञ्चालित विद्यालयका विद्यार्थी बाहिरिने गरेका छन्। जिल्लाको आमाछोदिङमो गाउँपालिकामा रहेको विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले ट्युसन पढ्का लागि विद्यालय छाड्ने गरेका हुन्।

गाउँमा पढ्नका लागि उपयुक्त वातावरण नहुने भएकाले परीक्षा आउन करिव पाँच महिना बाँकी छँदा विद्यार्थीले गाउँ छाड्ने गरेका अभिभावकहरूले जनाएका छन्।

गाउँपालिकाका गत्लाङस्थित नेपाल राष्ट्रिय मावि, गोल्जुङस्थित पार्वतीकुण्ड मावि र हाकुस्थित हाकु माविमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले दसैंतिहारको बिदासँगै विद्यालय जान छाड्ने क्रम बढेको छ। विद्यालय छाडेपछि उनीहरू जिल्लाका स्याफ्रु, कालिाकस्थान र काठमाडौंमा ट्युसन पढ्न जाने गरेका नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक नवीन लामाले बताए।

परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले कात्तिकबाटै विद्यालय छाडेर अन्यत्र गएपछि पठनपाठन प्रभावित बनेको छ। ‘परीक्षा दिने समयमा मात्र ती विद्यार्थी विद्यालय आउँछन्,’ उनले भने, ‘यसले पठनपाठनमा समस्या हुने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.