|

काठमाडौं : युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको सिरिज ‘ट्वान्टी फस्ट लभ’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमबीच सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो।

चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको यो सिरिज मार्च १ देखि कान्तिपुर टेलिभिजनबाटसमेत प्रसारणमा आउनेछ।

सरिन पोखरेलको कन्सेप्ट, स्क्रिप्ट तथा निर्देशन रहेको 'ट्वान्टी फस्ट लभ'मा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्टको अभिनय रहेको छ।

ईश्वर गुरुङ कार्यकारी निर्माता रहेको यस सिरिजलाई मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेका हुन्।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.