|

कालिकोटः नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले स्थानीय तहका जनप्रतिनिधिहरूलाई राजीनामा दिन पत्रचार गरेको छ। स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष नगरपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्षहरूलाई राजीनामा दिन पत्राचार गरेको हो। 

स्थानीय तहका जनप्रतिनिधिहरूलाई जिल्ला जनपरिषद् कालिकोटका नाममा पत्र आएको पचाल झरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए। ‘जिल्ला जनपरिषदका नाममा राजीनामा दिन भन्दै पत्र आएको छ।’ उनले भने, ‘पत्रमा जनप्रतिनिधिहरूलाई धम्कीपूर्ण भाषा बोलिएको छ।’

जिल्ला जनपरिषद् हाम्रो सत्ता भएकाले पुरानो सत्ता टिकाउने जनप्रतिनिधिहरूलाई पत्र काटेर राजीनामा दिन आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला सेक्रेटरी रणदीप ऐडीले बताए। ‘उहाँ पुरानो सत्तालाई टिकाउन जनप्रतिनिधि हुनुभएको छ।’ उनले भने, ‘हामीले खारेजीको माग लिएका कारणले उहाँहरूलाई राजीनामा दिन पहिलो चरणको पत्र काटेका हौं।’ जनप्रतिनिधिहरूलाई नेपाल कम्युनिष्ट पार्टीले पत्र काटेपछि जनप्रतिनिधिहरू त्रसित बनेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.