|

दमक(झापा) :  होटल व्यवसायी संघ दमकको आयोजनामा बिहीबारदेखि दमकमा चौथो फुड फेस्टिबल सुरु भएको छ। फेस्टिबलको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बेलुन उडाएर तथा स्थानीय परिकार चाखेर उद्घाटन गरेका हुन्।

स्थानीय जात जातिको परम्परागत खाद्य परिकारहरुको संरक्षण र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिवलको आयोजना गरिएको कार्यक्रम संयोजक सुधिर प्रधानले बताए। संघका अध्यक्ष राजन दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ओलीले नगरमा सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा नरपालिकाले पनि प्राथमिकताका साथ काम गरी रहेको बताए।

फेस्टिबल ३ दिनसम्म चल्ने छ। फेस्टिबलमा विभिन्न जातीय खानाका परिकारका ४२ स्टल छन्। कार्यक्रममा नगरका ज्येष्ठ सदस्यहरु ९८ वर्षीय बलराम दाहाल तथा ९० वर्षीया रुक्मिणा खतिवडालाई सम्मान गरिएको थियो। यस्तै, लामो समयदेखि होटल व्यवसाय गरिरहेका ज्ञानबहादुर कार्की तथा संघ स्थापनामा योगदान पुर्‍याएका बुद्धिबहादुर राईलाई पनि सम्मान गरिएको थिया ।

यस्तै सञ्चार क्षेत्रबाट दमकको पर्यटन तथा होटल व्यवसायलाई प्रवद्धन गर्न सञ्चार क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै थाहाखबरका दमक संवाददाता गोपाल झापालीलाई पनि सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.