|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि युएईले दिएको २७८ रनको लक्ष्य पछ्याइरहेको नेपालको तेस्रो विकेट पतन भएको छ। 

ऐरीलाई २७ ओभरको दोस्रो बलमा इमरान हैदेरले ३५ रनमा आउट गरेका हुन्। 

नेपाल ताजा स्थितिमा २७ ओभर ४ बलमा १११ रन बनाएर खेलिरहेको छ।

नेपालका ओपनिङ ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र दीलिप नाथ आउट भए। 

ज्ञानेन्द्र २४ र नाथ १३ रनमा आउट भएका हुन्। नाथलाई रोहन मुस्तफाले र मल्ललाई अमिर हायातले आउट गरेका हुन्। 

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु २७८ रनको चुनौती पेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.