|

बारा : विभागीय टोली नेपाल आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौँ सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

नव जनजागति युवा क्लबको आयोजनामा सिमरा रंगशालामा भएको खेलमा आर्मीले वीरगन्ज युनाइटेड क्लबलाई फराकिलो अन्तरले फाइनलमा थ्री स्टारसँगको भेट निश्चित गरेको हो। 

सिमरा गोल्डकपको दोस्रो र यो सिजनको पाँचौँ उपाधिको खोजीमा रहेको आर्मीले ३–० गोलले घरेलु समर्थकलाई निराश बनाउँदै वीरगन्जलाई उपाधि होडबाट पन्छाएको छ।

आर्मीका लागि दिनेश हेम्जनले खेलको ३८औँ मिनेटमा खाता खोलेका थिए।

खेलको ५९औँ मिनेटमा आर्मीका भरत खवासले गरेको क्रसलाई वीरगन्जका विष्णु गुरुङले बचाउ गर्ने क्रममा आत्मघाती गोल भएको छ। मैदान प्रवेश गरेको केही बेरमै खेलको ६८औँ मिनेटमा दीप लामाले एक गोल गर्दै अग्रता थप बढाएका थिए। खेलको म्यान अफ द म्याच आर्मीका दीप लामा घोषित भए।

प्रतियोगिताको उपाधिका लागि शनिबार थ्री स्टार क्लब र आर्मीबीच खेल हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख ५० हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ र ट्रफी पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.