|

लमजुङ : लमुजुङका भूकम्पप्रभावितले घरनिर्माणका लागि सरकारले दिने रकम पाएका छैनन्। सरकारले पहिलो किस्तामा ५० हजार दिए पनि दोस्रो किस्ता भने अझै नपाएको गुनासो गरेका छन्।

घर बनाउन सरकारले पैसा दिने सुनेपछि लमजुङ इलमपोखरीकी ६३ वर्षीया तार्कुमाया गुरुङ निकै हौसिइन्। ‘घर बनाउन सरकारले पैसा दिन्छ भनेपछि ढुक्कले बनाएँ, तर अहिले सम्म अनुदान पाउन सकेकी छैन्’ उनले भनिन्। 

घर बनाउन चार लाख ऋण लिएर चारकोठे भूकम्पप्रतिरोधी घर बनाएको तर सरकारले पैसा नदिँदा आफू ऋणमा चुर्लुम्म डुबेको उनले बताइन्। ‘साहुले पैसा मागिरहन्छ, आउने बाटो केही छैन’ उनले भनिन्, ‘सरकार बैगुनी रहेछ। बरु दिन्न भनेको भए यत्तिकै बसिन्थ्यो।'

यस्ता गुनासो लमजुङका अन्य पीडितको पनि यस्तै गुनासो रहेको छ। घर निर्माण गर्न निर्माण सामग्री पनि महँगो भएको उनीहरुको गुनासो छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.