|
Arsenal FC

युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन्। इंग्लिस क्लब आर्सनलले स्वीडेनको ओएफकेलाई ३–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले इटालीको एटालान्टालाई ३–२ ले पराजित गर्‍यो।

पहिलो लेगकै अर्को खेलमा इटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–० ले तथा पोर्चुगलको स्पोर्टिङ्ले काजखस्तानको एफसी अस्टानालाई ३–१ ले हरायो।

यसैगरी स्पेनिस क्लबहरु एथ्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई ४–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रुसको स्पार्टा मस्कोलाई ३–१ ले पाखा लगायो। फ्रेन्च क्लबहरू मार्सेले पोर्चुगलको ब्रागालाई ३–० ले तथा लियोंले स्पेनको भियारियाललाई ३–१ ले हराए।

युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको सेल्टिकले रुसको जेनिथलाई १–० ले, जर्मनीको आरबी लेप्जीगले टालीको नापोलीलाई ३–१ ले तथा रोमानियाको स्टावा बुकारेष्टले इटालीको लाजियोलाई १–० ले पराजित गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.