|

हेटौँडा : मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको टुबोर्ग हेटौँडा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्बलले विजयी सुरुवात गरेको छ। सशस्त्र प्रहरीको विभागीय टोलीलाई १–०ले पराजित गर्दै मनाङले सेमिफाइनको यात्रा तय गरेको हो। 

सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको उद्घाटन खेलको २८औँ मिनेटमा एपीएफका सुरज गुरुङले मनाङका विदेशी खेलाडी भिक्टरलाई डि बक्सभित्र लडाएपछि मनाङले पेनाल्टिको अवसर पाएको थियो। सुजल श्रेष्ठले पेनाल्टिलाई सदुपयोग गर्दै विजयी गोल गरे। खेलको म्याद अफ दि म्याच मनाङका अञ्जनका विष्ट घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। 

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख र उपविजेता क्लबले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका ५ जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.