|

दमक (झापा :  होटल व्यवसायी संघ दमकको आयोजनामा बिहिबारदेखि दमकमा सञ्चालन भएको चौथो फुड फेस्टिवल शनिबार सम्पन्न भएको छ।  फेस्टिवलमा ५० लाख रुपैयाँ बराबरको भएको संघका अध्यक्ष राजेन्द्र दंगालले बताएका छन्। 

स्थानीय जात जातिका परम्परागत खाद्य परिकारहरूको संरक्षण र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको संघले जनाएको छ। फेस्टिवलमा विभिन्न जात जातिका खानाका परिकारका स्टल रहेका थिए। यस्तै फेस्टिवलका क्रममा दैनिक स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.