|
फोटो : विवेक बस्याल

काठमाडौं : फिल्म 'रणवीर' निर्माण हुने भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। एक्सन, रोमान्स र कमेडी जेनरमा निर्माण हुने फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गर्दै छन्।

फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, रवि गिरीलगायतको अभिनय रहनेछ। प्रशान्तले यसअघि फिल्म 'ऐश्वर्य'मा भिलेनको भूमिका निर्वाह गरेका थिए। यसबाट उनले धेरै दर्शकको मन जित्न सफल भएका छन्। यस फिल्ममा पनि उनी खलपात्रको रूपमा देखिँदै छन्। फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत हुनेछन्।

फागुन ७ गतेबाट छायांकनमा जान लागेको यस फिल्मको कथा पनि निर्देशक भण्डारीले नै लेखेका हुन्। काठमाडौं, धनगढी, महेन्द्रनगर र डडेल्धुरालगायतका स्थानमा छायांकन हुने यस फिल्ममा गोमा विष्ट र दीपेन्द्र रेग्मीको लगानी रहनेछ। प्राची फिल्मस् र डीआर फिल्म्स प्रालिको व्यानरमा निर्माण हुने यस फिल्मको लगानी २ करोड रुपैयाँ अनुमान गरिएको छ।

फिल्ममा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमृत श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन र महेश पौडेलको छायांकन रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.