|

काठमाडौं : गायक जितेन लेप्चाको आवाज रहेको 'भन्नुपर्दा' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत केही दिनअघि मात्रै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

कुमार दुलालको शब्द रहेको गीतमा गायक जितेनकै संगीत रहेको छ। गीतमा संगीत संयोजन फणीन्द्र राईले गरेका छन्।

दीपक विश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन्। मिलन शंकरले खिचेको भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका हुन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.