|

काठमाडाैं : 'सबकाे शेखी झारिदेऊ, भूमिकाे भारा तारिदेऊ, लाेकमा धर्म सारिदेऊ, धर्मी सरकार पारिदेऊ।' अाइतबार काठमाडाैंको पर्यटन बाेर्डमा याेगमायाकाे विमाेचनमा देखाइएकाे याेगमाया विशेष वृत्तचित्रमा उनका अनुयायीले उनकाे सम्झनामा गाएकाे गीतकाे एक अंश हाे यो।

राजा महाराजा तथा  ठूलाबडाकाे इतिहास लेख्ने प्रवृत्ति चलिरहेकाे समयमा एउटी महिलाकाे इतिहासका बारेमा सत्यतथ्यसहित उपन्यासकार नीलम कार्की निहारिकाले अाफ्नाे नयाँ उपन्यास 'याेगमाया' लिएर अाएकी छन्। अाइतबार राजधानीमा अमेरिकी मानवशास्त्री बार्बरा अर्जिज र निहारिकाकी अामाकाे हातबाट विमाेचित उक्त उपन्यासबारे बाेल्दै समालाेचक प्रा.डा. कृष्ण गाैतमले अनुसन्धानात्मक रूपमा ठूलाे उपन्यास लेख्ने उपन्यासकारका रूपमा निहारिकालाई चित्रित गरे। उनले भने, 'पाैराणिक जगतमा टेकेर चीरहरण लेखेजस्तै इतिहासकाे जगमा याेगमाया लेख्नु उनकाे खुबी हो।' याेगमायाकाे इतिहासलाई अाख्यानमा  ढाल्नु  चानचुने कुरा नभएकाे पनि उनले बताए। उनले भने, 'समानताकाे जागरण ल्याउन याेगमाया उपन्यासले नयाँ पिँढीलाई ऊर्जा प्रदान गर्ने कुरामा दुई मत छैन।'

यस्तै, पुस्तकमाथि बाेल्दै प्रा. सावित्री कक्षपतिले पाैराणिक कुरालाई अाख्यानीकरण गर्नु सजिलाे काम नभएकाे बताइन्। पाैराणिक कुरालाई नबिगारीकन तथ्यसहित कथा भन्न सक्नु उपन्यासकाे सुन्दर पक्ष रहेकाे उनकाे तर्क थियाे। उनले भनिन्, 'याेगमायाकाे इतिहासबारे सत्यतथ्य बाहिर ल्याउन लेखिकाकाे मिहिनेत प्रशंसनीय छ।' देखेकाे कुरालाई काैतूहल जगाउँदै कथालाई विट मार्न सक्नु नै उपन्यासकाे सकारात्मक पक्ष रहेकाे उनकाे तर्क थियाे।

लेखिका नीलम कार्की निहारिकाले उपन्यास भाइले लेख्न उत्प्रेरित गरेकाे बताइन्। याेगमायाकाे बारेमा अाफूले पढेकााले यसकाे तथ्य बाहिर ल्याउन सक्दाे मिहिनेत गरेकाे उनले खुलाइन्। 'छाेटाे समयमा किताब निकाले पनि मलाई कुनै पुरस्कारकाे लाेभ छैन', उनले भनिन्, 'तर मेराे लेखनीलाई मनपराएर पुरस्कार कसैले दिन्छ भने त्यसलाई नकार्न सक्दिनँ।' अहिले लेखन नै अाफ्नाे काम रहेकाे उनले जानकारी दिइन्।

याेगमाया उपन्यास सांग्रिला बुकले प्रकाशन गरेकाे हाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.