|

काठमाडौं : प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ।

नेपाल टेलिकमले आइतबार एक विज्ञप्ती जारी गर्दै कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सक्ने जनाएको छ।

जिएसएम तथा सिडिएमएका ग्राहकले फ्रिडम प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन्। उक्त प्याक २५ मा खरिद गर्न सकिनेछ।

आइतबारदेखि सुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ।

एकपटक खरिद गरेको उक्त प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ। एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.