सेमेस्टर सिस्टम कि फी उठाउने सिस्टम ?

|

काठमाडौ :  त्रिभुवन विश्वविद्यालयले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ। स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० हजार रुपैयाँ तोकिएको छ।

सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ। विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० रुपैयाँ शुल्क तोकिएको छ।

तर, अन्य क्याम्पसमा १० हजार ९ सय रुपैयाँ लिएको खुल्न आएको छ। यस वर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गरेको छ। सेमेस्टर प्रणाली लागु हुँदा पैसा तिर्न नसक्ने विद्यार्थी पढ्ने कि नपढ्ने भनेर अन्योल भएको एक विद्यार्थीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.