|

काठमाडौं : मधेसकेन्द्रित दलका सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्न माग गरेका छन्। मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रक्रिया प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै अगाडि बढाउन उनीहरुले सरकारको ध्यानकर्षण गराएका हुन्।

सहमति भएको एक महिनासम्म पनि कार्यान्वयनमा सरकारले चासो नदेखाएको भन्दै उनीहरुले आपत्ति समेत जनाए। आइतबारको संसद बैठकमा बोल्दै नेपाल सद्धभावना पार्टीकी सांसद डिम्पलकुमारी झाले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्नुपर्ने माग गरिन्। 'मधेसी मोर्चासँग सहमति भएको एक महिनासम्म पनि संविधान संशोधन प्रक्रियामा केही प्रगति भएको छैन',उनले भनिन्,'हामीले सहमति हामीले पालना गरिसक्यौं अब सरकारले सीमांकन मिलाउने गरी संविधान संशोधन हुनुपर्छ।'

यस्तै सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले पनि तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गरे। 'हामी आफ्ना अधिकारका लागि निरन्तर लड्ने छौं। प्रधानमन्त्रीले हामीलाई भारत भ्रमण अघिनै संविधान संशोधन गर्ने आश्वासन दिनुभएको थियो, हामीले थप संघर्ष गर्नुनपरोस्,'उनले भने।

सीमांकन विवाद समाधान गरेर मात्रै स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने माग गरे। स्थानी तह पुनर्संरचना आयोगले हाल तय गरेको संख्या मान्य नहुने मधेस केन्द्रित दलहरुको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.