|

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताएका छन्।

बाल सुधार गृह सानोठिमिले सोमबार गरेको कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सत्यताको जागरुक गर्नका लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतिक रहेको बताए। उनले समाजमा आफूलाई अहम र ठूलो ठान्नेहरुले नै असभ्यताको खेती गरिरहेको बताए।

प्रधानन्यायाधीश पराजुलीले सभ्यतातर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्‍नुपर्ने धारणा राखे। उनले अर्काका बारेमा भ्रामक सूचना सम्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्थालाई आफ्नो विशेषता आफै नगुमाउन आग्रह गरे।

प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडियाको आआफ्नो कार्यशैली फरक भए पनि लक्ष्य सत्यको खोजी भएको बताए। उनले कसैलाई केही लागेको कुरा भन्छ छुट होला तर ती सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्ने बताए।

प्रधानन्यायाधीश पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्यायसम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको जनाएका थिए। उनले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हाँसिल भएको जानकारी दिए।

विगतमा डेढ वर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भइरहेको, बालबालिका, जेष्ठ  नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलगायतका मुद्दालाई विशेष प्राथमिकता दिएको पनि उनले स्पष्ट गरेका थिए। तर न्यायालयमा भएका राम्रा र सुधारका कामबारे भ्रमको खेती गरिएको भन्दै उनले असन्तुष्टि जनाए।

कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्ष समेत रहेका सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समयसापेक्षा आधुनिक र न्यायिक बनाउदै लैजान आवश्यक रहेको बताए।

उनले न्यायिक काम कारबाहीमा कहिलेकाँही कसैले सोचेजस्तो नहुने भएकाले कुनै अमुक विषयलाई लिएर नउचाल्न आग्रहसमेत गरे।नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर उनीहरुलाई सुधारसहितको शिक्षा प्रदान गर्ने गरेको छ। बालगृहलाई युसेफले व्यवस्थापन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.