|

काठमाडौं : लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको 'समाजवादको यात्रा' : युटोपियादेखि चौथो आयामसम्म' पुस्तक बजारमा आएको छ।

६ खण्डमा विभाजित गरिएको उक्त पुस्तक मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषणसहित जबज र बिपी-विचारधारासम्मको विश्लेषण र व्याख्या गरिएको छ। समाजवादी विश्‍व राजनीतिक विकासक्रम र त्यसले नेपाली राजनीतिलाई पारेको प्रभाव र अपेक्षासमेतलाई लेखकले पुस्तकमा विश्लेषण गरेका छन्।

'राजनीतिक निबन्ध राजनीतिक विचारमाथिको शुद्ध शास्त्रीय चिन्तन होइन र हुन सक्दैनथ्यो। त्यसका लागि सम्बन्धित विचारको संवाहक दल र नेतृत्व समुहको व्यवहारलाई पनि जोड्नुपर्ने हुन्थ्यो। तर, विचार र व्यवहारबीचको दूरीलाई कसरी लिने?', पुस्तकबारे लेखकले भूमिकामा लेखेका छन्, 'विचार ठीक हुँदाहुँदै पनि व्यवहारमा विचलन भएको अर्थमा लिने वा व्यवहारको विचलनले विचार नै गलत सावित भएको अवस्थामा लिने (पुस्तकमा) यो जटिलतालाई मैले आफ्नो सजिलोमा हाल गरेको छु। विचार र व्यवहार दुवै कोणबाट हेरेको छु।'

खतिवडाको पुस्तक नेपालको वर्तमान सामाजिक-राजनीतिक विकासक्रमलाई अध्ययन गर्न चाहने र विश्व-समाजवादी धारामा आएका परिवर्तन साथै नेपाली राजनीतिको वर्तमान वैचारिक अवस्थाबारे रुचि राख्ने पाठकका लागि उपयोगी हुने प्रकाशन मणि शर्माले बताए।

सांग्रिला बुक्सले प्रकाशन गरेको ३१२ पृष्ठको 'समाजवादको यात्रा : युटोपियादेखी चौथो आयामसम्म' को पुस्तकको  मूल्य ३९५ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.