|

रौतहट :  जिल्ला प्रहरी कार्यालय रौतहटले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सदरमुकाम गौर नगरपालिका ५ स्थित जिल्ला अस्पताल अगाडि मुन्ना होटलबाट विशेष सूचनाका आधारमा प्रहरी टोलीले हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। यसरी पक्राउ हुनेहरूमा भारत बस्ने २८ वर्षीय मदनप्रसाद कुशवाहा, २७ वर्षीय दिनेशप्रसाद कुशवाहा र २१ वर्षीय अजयप्रसाद कुश्वाहा रहेका छन्। 

पक्राउ परेका तीनैजनासँग अटोमेटिक पेस्तोल १ थान, नलकटुवा पेस्तोल १ थान र एसएलआरको गोली ३ राउण्डसहित शनिबार राती प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरिएका तीनैजनासँग थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.