|

काठमाडौं : फिल्म 'पञ्चेबाजा' सेन्सर बोर्डबाट पास भएको छ। आइतबार सेन्सर बोर्डले फिल्म पास गरेको हो। फिल्मले सेन्सरबाट पिजी सर्टिफिकेट पाएको छ अथवा फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिका अभिभावकको साथमा जानुपर्नेछ।

'न्यू भेनु फिल्म्स'को व्यानरमा निर्माण भएको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन्। राजेश शाहीले निर्माण गरेको यस फिल्ममा सारा गुरुङको पनि लगानी रहेको छ। फिल्ममा सौगात मल्ल र जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बालगायतको भूमिका रहेको छ।

फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रदीप भारद्वाजको पटकथा, कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। हरि घले लामाले खिचेको यस फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.