|

काठमाडौं : युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ साहित्यकार एवं मार्क्सवादी चिन्तक गोपीरमण उपाध्यायलाई प्रदान गरिएको छ। 

मिश्रको २८औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिष्ठानको तर्फबाट उक्त पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री खनालले मिश्रका त्रान्तिकारी चेत भएका कविताले आफू प्रभावित भएको बताएका थिए। 

प्रतिष्ठानको केही दिनअघि बसेको बैठकले उपाध्यायलाई उक्त पुस्कार प्रदान गर्ने निर्णय गरेको थियो। पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। यस वर्ष प्रतिष्ठानले १० हजार रुपैयाँ राशिको उक्त पुरस्कारलाई दोब्बर गर्दै २० हजार रुपैयाँ बनाएको हो।

प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले यस वर्षदेखि पुरस्कारको राशि वृद्धि गरिएको बताए। कार्यक्रममा मिश्रको योगदानबारे प्रा. केशव सुवेदीले चर्चा गरेका थिए भने पुरस्कृत व्यक्तित्व उपाध्यायका बारेमा डा. देवी नेपालले चर्चा गरेका थिए। नेपाल पुरस्कार छनोट समितिका संयोजकसमेत हुन्। 

प्रतिष्ठानका अनुसार प्रगतिशील आन्दोलनको अगुवाइ गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने परम्पराअनुसार २०४९ सालदेखि निरन्तर सम्मान गर्दै आएको छ।

वि. सं. २००३ मा स्याङ्जामा जन्मेका उपाध्यायका मार्क्सवादी साहित्यसम्बन्धी एक दर्जन पुस्तक प्रकाशित छन्। उनले वराणसीमा रहँदा पुष्पलाल र युद्धप्रसाद मिश्रको निकट सहयोगीका रूपमा समेत काम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.