|

काठमाडौं : पार्टी एकता र सरकारमा माओवादीको सहभागिताबारे अन्तिम निर्णयमा पुग्ने भनेर बसेको एमाले- माओवादीको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। 

सोमबार राति ८ बजेदेखि सुरु भएको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोप्य बैठक गरेका संयोजन समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए। गोप्य वार्ता सकेर अहिले दुबै नेता संयोजन समितिको बैठकमा सहभागी भएका छन्।

संयोजन समितिमा रहेका अन्य नेताहरू छलफलमा रहेका बेला ओली-प्रचण्ड एक्लाएक्लै बैठक बसेका ती नेताले जानकारी दिए। 

ओली र प्रचण्ड यसअघि पटक पटक गोप्य वार्तामा बसेका थिए। आइतबार भक्तपुरमा एक व्यापारीको घरमा ५ घण्टा गोप्य वार्ता गरेका यी दुई नेता सोमबार दिउँसो प्रधानमन्त्री ओलीको नीजि निवास बालकोटमा पनि एक्लाएक्लै वार्तामा बसेका थिए।

अहिले बसिरहेको बैठकमा एकताको खाकामा हस्ताक्षर गरिने बताइएको छ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालसहितका केन्द्रीय नेता तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.