|

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति गरे पनि प्रत्यक्ष भेट हुन भने अर्को ३० वर्ष कुर्नुपरेको थियो। यी दुई नेताबीच २०५९ मा मात्रै प्रत्यक्ष भेट भई संवाद भएको थियो। त्यो पनि नेपालमा नभई भारतको सिलिगुडीमा।

नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो। त्यहीबेला ओली–दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो।

त्यसबेला ओलीसँगको भेटका सन्दर्भमा एक मिडियासँग दाहालले ओलीले त्यसबेला आफूलाई व्यक्त गरेको भनाइ स्मरण गर्दै भनेका थिए, ‘तपाईं (दाहाल) अलि जन्ड–जन्ड खालको हुनुहोला भनेको त पूरै सामान्य किसिमको नेता हुनुहुँदो रहेछ।’

ओली माओवादीले चलाएको सशस्त्र संघर्षका कटु आलोचक थिए। त्यही भएर पनि एमालेकै वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेतासँग संवाद भइरहँदासमेत ओलीसँग दाहालको संवाद भएन। जनयुद्धकालदेखि शान्ति प्रक्रियासम्म ओली र दाहालबीच खासै संवाद भएन।

ओलीले माओवादीप्रति तिखो आलोचना गर्ने भएकै कारण दुई नेताले एक–अर्कासँगको संवादलाई महत्वव पनि दिएनन्। यसो हुनुमा दुवै नेतामा एक–अर्काप्रतिको ‘फोबिया’ ले पनि काम गरेको मान्नेहरू अहिले पनि दुवै पार्टीभित्र छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.