|

काठमाडौं : अघिल्लो सरकारले साढे २ महिनायता गरेका २ सय ५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये १०–१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक तथा सूचना शाखाका अधिकृतको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय सार्वजनिक नभएको हो।

मुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद्का निर्णय बेवसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.