|


काठमाडाै‌ : सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ जनाको नाम राष्ट्रपतिले स्वीकृत गरेकी छन्। 

राष्ट्रतपि कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले राष्ट्रियसभामा ३ जना मनोनित भएको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने ३ जनाको नाम सिफारिस गरेको थियो। 

राष्ट्रियसभामा सिफारिस भएकाहरुमा रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राई रहेका छन्।

यसअघि देउवा सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो। उक्त सिफारिस राष्ट्रपति कार्यालयमा पुगे पनि अनुमाेदन भएको थिएन। 

देउवा सरकारले गरेको सिफारिस खारेज गर्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए। 

हेर्नुहोस् विज्ञप्ती:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.