|

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री गोयिज होउ नेतृत्वको प्रधतिनिधि मण्डल र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेट वार्ता भएको छ। मंगलबार सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा चीनियाँ टोलिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेससँग घनिष्ट सम्बन्ध विस्तार गर्ने चाहना व्यक्त गरेको प्रराष्ट्रविद् दिनेश भट्टराईले बताए।

चीन उपमन्त्री होउले बिपी कोइरालाको पालादेखि नै कांग्रेससँगको सम्बन्ध सुदृढ रहँदै आएको बताउँदै थप बलियो बनाउने पर्ने बताएका थिए। प्रतिनिधिमण्डलले कांग्रेस नेतृत्वको सरकारले ३ वटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै देउवाको प्रशंशा गरे।

चिनीयाँ उपमन्त्री होउले देउवालाई चीन भ्रमणको निम्तो समेत दिएका छन्। भेटमा देउवाले नेपाल–चीन सम्बन्धका विविध आयाम रहेको बताउदै थप सशक्त बनाउनु पर्ने बताए।

नेपालमा बामपन्थी गठबन्धनको सरकार बनेपछि चीनले उपमन्त्री होउ नेतृत्वको प्रतिनिधिमण्डल पठाएर नेपालका सबै राजनीतिक दलहरुसँगको सम्बन्धलाई समान ढंगले अघि बढाउन चाहेको सन्देश दिएको हो।

उपमन्त्री होउ सहित ६ जनाको चिनीयाँ प्रतिनिधि मण्डल नेपालमा छन्। देउवासँगको भेटमा नेपालका लागि चिनिया राजदुत यू होङ पनि सहभागी रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.