|

साइकलमा सवार यी व्यक्ति बलिउड स्टार ऋतिक रोशन हुन्। उनी पछिल्ला दिन जयपुरका सडकमा यस्तै अवतारमा देखिए। यी तस्विरहरु ऋतिकको आगामी फिल्म ‘सुपर ३०’ को सुटिङताका लिइएको हो । यस फिल्ममा ऋतिकले पापड बेच्ने व्यक्तिको भूमिका निभाएका छन्। 

यो फिल्म आनन्दकुमारको बायोपिक हो। उनी भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी)  को इन्ट्रान्स परीक्षा लिने संस्था ‘सुपर ३०’ का संस्थापक हुन्। फिल्ममा ऋतिकले आनन्दकुमारको चरित्र निर्वाह गरेका छन्। उनको चरित्र जिवन्त देखिएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले फोटोको तारिफ गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.