|

काठमाडौं : पूर्व कानुनमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल महान्यायाधिवक्तामा नियुक्त भएका छन्।

खरेललाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले खरेललाई महान्यायाधीवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए।

प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहकार मानिने वरिष्ठ अधिवक्ता समेत रहेका खरेलल २ पटक समानुपातिकबाट सांसद र कानुनमन्त्रीसम्म बनेका थिए। उनी २०७० को व्यवस्थापिका संसदमा एमालेका प्रमुख सचेतक समेत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.