|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ। माओवादीले बुधबार नै सरकारमा जाने निर्णय गरेपछि मन्त्रालयको बाँडफाँडलगायत विषयमा ओली र दाहालबीच छलफल भइरहेको हो। माओवादी केन्द्र सरकारमा कसरको नेतृत्वमा पठाउने भन्ने हालसम्म निर्णय गरिसकेको छैन।

बुधबारसम्ममा निर्णय भइसक्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनले भनिन्,‘अहिले दुई अध्यक्षबीच छलफल भइरहेको छ। त्यसपछि पार्टीको बैठक बस्छ। अनि हामी फाइनल गर्छौँ।’

यसअघि गत बिहीबार ओली नेतृत्वकाे सरकार गठन हुँदा पार्टी एकताको टु‌ंगो नलागेको भन्दै मा‌ओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो। तर अोली सरकारलाई समर्थन भने गरेकाो थियो। पार्टी एकताका निश्चित भएपछि माओवादी सरकारमा जान अातुर देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.