|

 

काठमाडौं : गत भदौमा दोस्रो एल्बम ‘पानी पानी' सार्वजनिक गरेका संगीतकार बादल घिमिरे यतिबेला आफ्नो एकल संगीतमा तेस्रो एल्बम ल्याउने तयारीमा छन्।

उनले एल्बमको नाम ‘पागलखाना' जुराएका छन्। अधिकांश गीतमा ‘पागल' शब्द प्रयोग गरिएको छ। उनले नयाँ एल्बमका लागि धमाधम गीत रेकर्ड गराइरहेका छन्।

एल्बममा समावेश गीतहरू प्रमोद खरेल, गोपाल ज्ञवाली, मीना निरौला र बादल घिमिरे स्वयंले गाएका छन्। प्रमोद खरेलको आवाज रहेको ‘म पागल पागल' बोलको गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक हुने बादल बताउँछन्।

भिडियोलाई केदार धितालको निर्देशनमा अर्जुन तिवारीको टिमले पर्दामा उतारेको छ। ६ वटा गीत रहने एल्बमका अधिकांश गीत लोक तथा आधुनिक मेलोडीमा तयार भएका उनले जानकारी दिए। 

राजेशपायल राई, प्रमोद खरेल, रूपक डोटेल, मीना निरौला, राज सिग्देल, रजिना रिमाललगायत गायक गायिकाको स्वरमा संगीत दिएका घिमिरेलाई यस पटक भने ‘पागलखाना’भित्र गायकको रूपमा देख्न सकिनेछ। २०७५ बैशाखमा सार्वजनिक गर्ने तयारी रहेको एल्बमलाई चमेरो म्युजिक प्रालिले बजार व्यवस्थापन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.