|

काठमाडौं : नेपाली कांग्रेसका सांसदको बैठक शनिबार बस्ने भएको छ। बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

बिहिबारका लागि बोलाइएको बैठक स्थगित गरी शनिबारका लागि सांसदको बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शर्माले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बस्ने जानकारी दिए। 

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने र त्यसपछि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.