शिक्षकहरुलाई बन्दुक राख्न दिनु पर्ने

|

काठमाडौं:  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयलाई बन्दुक मुक्त क्षेत्र बनाउन नहुने भन्दै अब शिक्षकहरुलाई पनि बन्दुक राख्न दिने बताएका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले हतियारधारी शिक्षकले विद्यालयमा हुने आक्रमण तत्काल रोक्न सक्ने तर्क गरे। 

फ्लोरिडा गोलीकाण्डका पीडित तथा बाँच्न सफलहरुले राष्ट्रपति ट्रम्पसँगको छलफलमा बन्दुक नियन्त्रणमा कडाइ गर्न आग्रह गरेका थिए। गएको हप्ता फ्लोरिडाको एक विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा १७ जनाको ज्यान गएको थियो। राष्ट्रपति ट्रम्पले बन्दुक राख्नेको पृष्ठभूमि सही ढंगले अनुसन्धन गर्नुपर्ने प्रस्तावको समर्थन पनि गरेका छन्। 

उनले बन्दुक राख्नेमाथि गहिरो अनुसन्धान गर्ने र उसको मानसिक स्वास्थ्यको जाँचमा बढी जोड दिने बताएको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले बन्दुकमाथिको नियन्त्रणबारे लामो समयदेखि बहस हुँदाहुँदै थुप्रै घटना भइसकेको तर अब चाहिँ विगतमा जस्तो कुरा मात्रै नभई कामै गरेर देखाउने प्रतिबद्धता जनाए। 

ह्वाइट हाउसमा ट्रम्पसँगको छलफल अघि वासिङ्टन डिसीको उपनगरीय क्षेत्रबाट आएको सयौं विद्यार्थीले र्याली निकालेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.