दाङ : दाङको दंगीशरण गाउँपालिकामा १ जना महिलाको झारफुकमा विश्वास गर्दा ज्यान गएको छ।
दंगीशरण गाउँपालिका- ५ बस्ने २५ वर्षका डसनी चौधरीको झारफुकमा विश्वास गर्दा मृत्यु भएको हो।
स्थानीय तुलसीपुर उपमहानगरपालिका- ६ डुम्रीगाउँ निवासी करण चौधरीकहाँ झारफुकका लागि बुधबार बिहान लगिएको थियो। झारफुककै क्रममा डसनी चौधरी बेहोस भएकी थिइन्।
बेहोस भए पनि झारफुके चौधरीले अस्पताल लैजान नदिएर डसनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए।
आफूलाई अर्चना बाबाको चेला बताउने ती झारफुके चौधरीलाई अनुसन्धानका लागि प्रहरीले प्रक्राउ गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।