|

काठमाडौं : केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ७९ लाख ८० हजार छ।

यसमध्ये ४० लाखभन्दा बढी वैदेशीक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीको रूपमा संसरका विभिन्न मुलुकका छन् । यस्तै, माैसमी रोजगारीका लागि भारतका विभिन्न सहरमा जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।

यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रमा ग्राहक भने कुल जनसंख्याभन्दा बढी देखिन्छन्।दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री भइसकेको छ । यसरी हेर्दा नेपालको जनसंख्या भन्दा ७०लाख बढी मोबाइल सिमकार्ड वितरण भएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.