|
REUTERS

सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निस्कर्षविहीन भएको छ। बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिने युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन नसकेको हो।

रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ। युद्धविराम सम्बन्धमा स्वीडेन र कुवेतको तर्फबाट पनि एउटा प्रस्ताव पेश भएको थियो। तर रुसले यो प्रस्ताव संशोधन गर्नुपर्ने जनाएको छ। यो प्रस्तावले रुसको समर्थन पाएको सिरियाली सरकारमाथि दबाब बढ्ने जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले पेश भएको प्रस्ताव संघर्ष रोक्ने वास्तविक उद्देश्यले आएको हुनुपर्ने बताए।

उनले युद्धविरामका लागि निकै चुनौती रहेको भन्दै निर्णयका लागिमात्र निर्णय गर्न नसकिने बताए। पश्चिमा देशका प्रतिनिधिहरुले भने रुसी रवैयाको विरोध गरेका छन्। उनीहरुले सिरियाली सरकारको समर्थनमा मात्र बोल्दा युद्धविराममा ढिलाइ हुने बताए।

सिरियाली सरकारले विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा पछिल्ला पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.